मुख्यमन्त्री पाण्डेको सपथ आज, मन्त्रालय ७ वटै कायम गर्ने बचन

पाेखरा | बैशाख १५, २०८०

मुख्यमन्त्री पाण्डेको सपथ आज, मन्त्रालय ७ वटै कायम गर्ने बचन

पोखरा:  गण्डकी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ लिदैछन् ।

 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज दिउँसो करिब साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन् ।

 

पाण्डेले सपथ लिएसँगै अन्य मन्त्रीहरुलाईसमेत नियुक्त गर्ने बताएपनि नेकपा माओवादी केन्द्रसँगको भागबण्डा मल्नि नसकेको माओवादी केन्द्रका एक सांसदले बताए । ‘उनीहरुले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भनेपनि हामीसँग अझै सहमती जुटेको छैन,’ ति प्रदेश सांसदले भने ।

 

माओवादी केन्द्रले गण्डकीमा तीन मन्त्रालयको दाबी गर्दै आएको छ । 

 

मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बचन दिए । 

 

यस्तै सत्ता साझेदार  माओवादी केन्द्रका संसदीय दलको नेता हरि बहादुर चुमानले पनि मन्त्रालयलाई ७ वटै कायम गर्ने प्रष्ट पारे ।

 

उनले मन्त्रालय बिस्तार गर्न आवश्यक नरहेको बताउदै भने, ‘मन्त्रालय सँख्या ७ वटै हुन्छ । अहिले नमिलेको मन्त्रालयहरुलाई मिलाउने काम हुन्छ ।’

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्